'बहाव' फूलै फूलको बीचमा काँडाले घोचिएको कथा हो - अभिनेता नेपाल
जिज्ञासा, विचार र यथार्थको कथा नारा लिएको फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । फिल्ममा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालले बाबुछोरीको भूमिकामा अभिनय गरेका छन् । फिल्मको ट्रेलर सोमबार सार्वजनिक भएको छ ।
ट्रेलरमा कमलमणिले सुरक्षालाई विदेशमा राम्रो ठाउँमा काम गर्न पठाउन चाहे पनि सुरक्षा त्यसमा नमानेको कुरा देखाइएको छ । ‘जिन्दगी जिउँदै गर्दा काँडा फूल दुवै आउँछन कहिलेकाही पहिलो फूल टिप्दा काँडाले पनि घोच्छ, बहाव फूलै फूलको बीचमा काँडाले घोचिएको कथा हो ।’ अभिनेता नेपाल भन्छन्, ‘बगैचामा लगाएको फूल जब ओहिलाएर झर्छनि फुलको बास्ना सदैको लागि हराउदो रहेछ।’
ट्रेलर हेर्दा कमलमणि छोरी सुरक्षाको गतिविधिबाट चिन्तित छन् । जुन कुरा उनले बोल्ने केही संवादबाट प्रष्ट बुझ्न सकिन्छ । फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतीमा निर्माण भएको हो ।
प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्ममा निर्देशक कँडेलले सुरक्षामार्फत फिल्मको थिमलाई गरेका छन् । फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।
फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।
फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
प्रतिक्रिया