पल शाहलाई सफाइ

अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

एक नाबालिकामाथि जबरजस्ती करणीको मुद्दामा नवलपुर अदालतले शाहलाई सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । यो फैसलाविरुद्ध पलका तर्फबाट पनि उच्च अदालतमा अधिवक्ता कमलामोहन वाग्लेसहितले पुनरावेदन गरेका थिए ।

जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा बहसपश्चात आज फैसला सुनाएको हो।

उच्चले यसअगाडि १५ दिनभित्र मुद्दाका पक्षधरलाई उपस्थित गराउन आदेश दिएको थियो । दुवै पक्षका व्यक्ति उपस्थित भएपश्चात उच्च अदालतमा आज (आइतबार) पेसी चढेको थियो । 

शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र (भोलि) सोमबार रिहा हुने बताएका छन्।