के पल शाहको पक्षमा फैसला आउला ?

अभिनेता पूर्णविक्रम (पल) शाहको रिट निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको छ । उनले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए ।

एक नाबालिकामाथि जबरजस्ती करणीको मुद्दामा नवलपुर अदालतले शाहलाई सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

अहिले उनी तनहुँ कारागारमा छन्। तनहुँ जिल्ला अदालतले भने यो मुद्दामा पललाई सफाइ दिइसकेको छ। शाहविरुद्ध २०७८ फागुन ११ गते जबरजस्ती करणीको जाहेरी जिल्ला प्रहरी कार्यालय तनहुँमा दर्ता भएको थियो। त्यसको केही समयपछि नवलपुरमा पनि जाहेरी परेको थियो।