‘ज्याकीः आई एम ट्वान्टी वान’को फस्टलुकमा धिरजको दोहोरो चरित्र

रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । 

सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक धिरज मगरलाई मात्र प्रस्तुत गरिएको छ । सार्वजनिक पोष्टरमा धिरज मगरको दोहोरो अवतार देख्न सकिन्छ । एकातिर, उनी लाहुरेको पोशाकमा देखिएका छन् भने अर्कोतिर उनी डान्सरको अवतारमो देखिएका छन् । पोष्टरले फिल्ममा कतै धिरजको दोहोरो भूमिका त होइन भन्ने प्रश्न उब्जाएको छ । 

पोष्टरमा फिल्मकी मुख्य नायिका जसिता गुरुङलाई स्थान दिइएको छैन । केही दिन अगाडि सार्वजनिक फिल्मको फस्टलुक भिडियोमा पनि जसितालाई स्थान दिइएको थिएन । 

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म आउँदो बर्षको बैशाख २१ गतेबाट रिलिज हुँदैछ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा यो फिल्मको निर्माता हुन् । 
यो फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । 

फिल्मको फस्टलुक पोष्टरपछि दर्शकप्रति फिल्मलाई लिएर आकर्षण बढ्ने निश्चित छ । किनकी, धिरज मगरको दोहोरो अवतारले दर्शकलाई अझै उत्सुक बनाउनेछ । निर्माणपक्षले फागुणको १९ गते टिजर सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।