द भ्वाइस किड्स नेपाल सिजन-२ को प्रसारण फागुन २६ बाट

गायन रियालिटी सो ‘रियल फ्रुट जुस प्रिजेन्ट्स द भ्वाइस किड्स नेपाल’ सिजन–२ को प्रसारण यही फागुन २६ गतेबाट सुरु हुने भएको छ । 

हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।  

सधै झैं यसपटक पनि पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ एपिसोडहरु प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५  जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् । 

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । 

यसपटक भ्वाइसको टीमले कोचमा सामान्य परिवर्तन गरेको छ । टीममा चर्चित गायक सुशान्त केसी नयाँ कोचका रुपमा भित्रिएका छन् । यसअघि दर्शकको मन जित्न सफल लोकप्रिय कोचहरु प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार पनि भ्वाइस किड्स सिजन २ को कोचका रुपमा रहेका छन् । 

भ्वाइस किड्स सिजन २ को टाइटल स्पोन्सरमा ‘रियल फ्रुट जुस’ रहेको छ ।  यस्तै पावर्ड बाई स्पोन्सरमा लाइफबोय र अलआउट अनुवन्ध भएका छन् भने कोस्पोन्सरमा भत्सल्य नेचुरल आईभीएफ रहेका छन् । 

एसोसिएट स्पोन्सरहरुमा टफिचु चकलेट, डिजी स्कूल, रोहोतो हाडाल्याब अनुवन्ध भएका छन् । यो सिजनमा पनि भोटिङ पार्टनरको रुपमा खल्ती वालेट अनुवन्ध भएको छ भने मार्केटिङ पार्टनरका रुपमा एडप्याड रहेको छ । 

हिमालय टेलिभिजनले बिश्वका नम्बर एक रियालिटी सोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । द भ्वाइस अफ नेपाल, डान्सिङ स्टार नेपाल, हिमालय रोडिज लगायतको प्रसारण गरिसकेको छ भने बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ र फेसन रियालिटी शो नेपाल्स नेक्स्ट टप मोडल यसै बर्षभित्र प्रसारण गर्ने तयारी गरेको छ ।