लगातार पाँच फ्लप फिल्म दिएका अक्षयको भाग्य सेल्फीले फर्काउला ?

सन् २०२३ शुरु भएको दुई महिना पुग्दैछ । यो दुई महिनामा बलिउडमा विगत दुई वर्षयता नभएको सुखद परिणाम देखियो । गत जनवरीमा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएपछि यसले दुई वर्षयता नदेखिएको बक्सअफिस माहोललाई कमव्याक गराइदियो । शाहरुख पछि अक्षय कुमार नयाँ फिल्म लिएर दर्शकमाझ फर्कदैछन् ।

विगतभन्दा बढी मेहनत

अक्षयको फिल्म ‘सेल्फी’ भोलि अर्थात फेब्रुअरी २४ बाट रिलिज हुँदैछ । पछिल्लो कैयौं हप्तादेखि अक्षय फिल्मको प्रमोसनमा व्यस्त छन् । उनले फ्यानसँगै सेल्फी लिएर गिनिज बुकमा नाम लेखाइसकेका छन् । त्यसो त यसअघि पनि अक्षयले आफू अभिनित फिल्मको प्रमोसन नगरेका होइनन्, तर यसपटकको प्रमोसनमा उनले बढी नै मेहनत गरेका छन् । कारण हो, खराब बनेको वर्ष २०२२ ।

हरेक वर्ष झैं सन् २०२२ को सुरुवात पनि कैयौं आशाका साथ भएको थियो । सन् २०२२ मा अक्षयको मात्रै पाँच फिल्म रिलिज भए । प्रायः हरेक वर्ष बढीमा उनका चार फिल्म रिलिज हुँदा सन् २०२२ मा पाँचौं फिल्म रिलिज हुने नयाँ कुरा थिएन । तर पाँच फिल्मले बक्सअफिसमा भने फ्लप नै भए । अक्षयको करियरमा सायदै यदी दुःखद क्षण यसअघि थिएन, जुन एकै वर्ष आफ्ना पाँच फिल्म फ्लप हुनुले देखायो ।

सीमाभन्दा खराब २०२२

अक्षयका लागि सन् २०२२ भन्दा अघि सन् १९९८ खराब वर्ष थियो, जब उनको सो वर्ष रिलिज तीन फिल्म फ्लप भए । डिसेम्बर, १९९७ मा रिलिज फिल्म ‘आरजु’बाट अक्षयको फिल्म फ्लप हुने सिलसिला शुरु भएको थियो । जुन डिसेम्बर, १९९९सम्म चल्यो । यो समय उनका लागि निकै समस्याग्रस्त समय थियो । यस्तै शैली उनले सन् २०२२ मा भोगे । सन् २०२२ मा उनी अभिनित ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘कठपुतली’ र ‘राम सेतु’ फ्लप भए ।

सेल्फीले फेर्ला भाग्य ?

आज अक्षयसँग कैयौं फिल्म छन् । तर यसका बाबजुद पाँच फिल्म फ्लप हुँदा पनि उनको ब्राण्डमा कुनै असर परेको छैन भन्ने कुरालाई नकार्न सकिँदैन । तर धेरै दर्शकमा अक्षयले ‘सेल्फी’मा केही कमाल गरिरहेका छन् भन्ने आशा कायमै छ ।

उद्योगमा आफ्तो स्टारडम र ब्राण्ड भ्यालूलाई कायमै राख्नका लागि अक्षयको नयाँ फिल्म ‘सेल्फी’हिट हुन आवश्यक छ । सन् २०२३ मा यदी उनले राम्रो सुरुवात गरे भने त्यसको फाइदा अक्षयको आउने अन्य फिल्मलाई पनि फाइदा हुनेछ । 

‘सेल्फी’ सन् २०१९ मा रिलिज मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’को हिन्दी रिमेक हो ।