प्रियंकालाई सासु आमाको मात्र साथ
नायिका प्रियंका कार्की अभिनित फिल्म ‘फूलबारी’ शुक्रबारदेखि देशभर रिलिज भैरहेको छ । यो फिल्मले सुखद व्यापार गरिरहेको छ । मंगलबारसम्म बिदाको फाइदा उठाएको फिल्मको वास्तविक परिक्षा भने आजबाट सुरु हुनेछ । तर, यो फिल्म चल्दा नायिका प्रियंका कार्कीलाई भने फाइदा भएको छ । यो बर्ष २ वटा असफल फिल्मका कारण केही समस्यामा परेकी प्रियंकालाई रामबाबु गुरुङ निर्देशित फिल्मले राहत भने दिएको छ ।
यो फिल्मको प्रिमियरमा प्रियंकाका नजिक भनिएका कोही पनि कलाकार देखिएनन् । यही फिल्मको टिमले मंगलबार बेलुकी फिल्मको विशेष शो पनि आयोजना गरेको थियो । तर, विशेष शोमा पनि प्रियंकालाई साथ दिन उनका नजिकका साथीहरु कोही पनि पुगेनन् । प्रियंका कार्कीकी सासु रविना देशराज भने फिल्म हेर्न पुगेकी थिइन् ।
फिल्म हेरेपछि रविनाले कथावस्तुले छोएको बताइन् । साथै, उनले आफ्नी बुहारीको तारिफ समेत गरिन् ।
प्रियंका र रविनाविच पारिवारिक कुरा समेत मिडियाको अगाडि खुबै चलेको थियो । कार्यक्रममा फिल्म क्षेत्रका अन्य थुप्रै नायिकाहरुलाई पनि बोलाइएको थियो । तर, प्रियंकालाई साथ दिन उनकी सासु आमा मात्र पुगेकी थिइन् ।

‘सोल्टिनी’को छायांकन ३६ दिनमा प्याकअप

दिव्यासँग प्रदिपः के बल्ल जोडी सुहाएको हो ?

‘परालको आगो’मा जितु नेपालको इन्ट्री

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

प्रतिक्रिया