राजनीतिक कथामा ‘छक्का पन्जा ४’को ट्रेलर


बर्षकै प्रतिक्षित फिल्म ‘छक्का पन्जा ४’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म रिलिजको २ साता अगाडि यसको राजनीतिक कथामा तयार भएको फिल्मको ट्रेलर सार्वजनिक भएको हो । 
फिल्मले देशका नेताहरुको अवस्था, नयाँ पार्टीको उदय र यसको सेरोफेरोलाई मुख्य कथा बनाएको छ । 

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, बेनिशा हमाल, बुद्दि तामाङ, मलिना जोशी, निर शाह, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय छ । ट्रेलरमा दीपकराजलाई ‘राजा’कै भूमिकामा देखाइएको छ भने केदार घिमिरेलाई शिक्षकको भूमिकामा देखाइएको छ ।

नायिका बेनिशा हमाल भने पत्रकारको भूमिकामा देखिएकी छिन् । हेमराज वीसीको निर्देशनमा तयार भएको फिल्ममा दीपेन्द्र खनियाँ र केशव न्यौपानेको लगानी छ । केदार प्रसाद घिमिरे र निर्मल शर्मा फिल्मका कार्यकारी निर्माता हुन् । 

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, दीपकराज गिरीको कथा तथा लेखन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी, निमेश श्रेष्ठको सम्पादन छ । 

फागुणको १९ गतेबाट रिलिज हुने यो फिल्ममा देशको बर्तमान अवस्था, कमेडी, एक्सन भरपुर छ । जसलेगर्दा, बक्स अफिसमा फिल्मले बलियो व्यापार गर्ने अनुमान गर्न सकिन्छ ।