अभिनेत्री सुरक्षाले प्रेमी मानवसँग लगनगाँठो कस्दै, फागुन २५ गते विवाह

अभिनेत्री सुरक्षा पन्तले अभिनेता मानव सुवेदीसँग आगामी फागुन २५ गते लगनगाँठो कस्ने भएकी छन् । केही वर्षदेखिको प्रेमलाई उनीहरुले चितवनमा हुने वैवाहिक कार्यक्रममा पूर्णता दिन लागेका हुन् । मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए । 

स्रोतका अनुसार चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ । सुरक्षाले फिल्म ‘अझै पनि’र मानवले फिल्म ‘अन्तराल’बाट अभिनयमा डेब्यू गरेका हुन । मानवले ‘अन्तराल’पछि ‘नेपथ्य’ र ‘चिनी कम रङ कडा’मा अभिनय गरेका छन् ।

यस्तै, सुरक्षा अभिनित फिल्म 'जिज्ञासा, विचार अनि यथार्थको कथा' ‘बहाव’ चैत्रको २४ गते रिलिज हुँदैछ । मानव भने नयाँ फिल्मको तयारी गरिरहेका छन् ।