म्याकुरीको आक्रोश : मैले जाँड खाएर झगडा गरेर कसको टाउको फुटाएँ रे ?
मोरङमा मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पक्राउ परेको भनिएका कलाकार पवन खतिवडा ‘म्याकुरी’ ले आफ्नो बारेमा आएका समाचारलाई लिएर आक्रोश पोखेका छन् ।
हिरासतबाट छुटेका उनले आफूले जाँड खाएर झगडा गरि कसैको टाउँको फुटाएको भन्दै आएको समाचारप्रति के आधारमा समाचार लेखियो भन्दै कडा प्रश्न गरेका छन् । उनले आफ्नो फेसकुमा एक स्टाटस लेख्दै आफूले जीवनमा झगडा गरेर अङ्भङ हुनेगरि कसैमाथि पनि हमला नगरेको स्पष्ट पारेका छन् ।
कलाकार खतिवडाले आफ्नो विरुद्धमा समाचार लेख्ने मिडियाप्रती समेत दुःख व्यक्त गरेका छन् । उनले झगडा नगरेको तर घटना भएको स्थानमा भएको कारण प्रहरिले अनुसन्धान गर्न लगेको उनको भनाई छ ।
उनले लेखेका छन्, ‘मैले जाड खाएर झगडा गरेर कस्को टाउको फुटाए रे ?? कस्ले दियो प्रमाण ? म घटना भाको स्थानमा भएको कारण प्रहरीले अनुसन्धान गर्न लागेको हो।। उनीहरु साथी साथी झगडा गरेका हुन।। के हो पत्रकारिता ??’
सोध्दै नसोधी जे मन लाग्छ त्यहिँ लेखिदिने भन्दै उनले प्रश्न पनि गरेका छन् । उनले भनेका छन्, ‘नसोधी जे मन लाग्छ त्यही लेखिदिने ?? यो समाचारको आधार के हो ??’
साथै, आफूलै जीवनमा कसैसँग अंगभंग हुने गरि झगडा नगरेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘मैले जिवनमा झगडा गरेर अङ्गभङ्ग हुने गरि कसैमाथी हमला गरेको छैन।। झगडा बाट टाढै भाग्ने मान्छे लाई यस्तो अधारहिन समाचार राखेर बदनाम गर्ने ?? टाउको फुटाउने र फुटाइखाने दुबै मिलि सके अनि बिचमा परेको म चै बलिको बोका ??’
प्रतिक्रिया