कलाकार भर्सेस नेता मैत्रीपूर्ण फुटबल: शंकर पोखरेलदेखि रचना रिमालसम्मले खेले

राष्ट्रिय युवा संघले कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबलकाे आयोजना गरेको छ ।

बुधबार ललिपुरको सातदोबाटोस्थित एन्फा मैदानमा राजनीतिक दलका नेता र कलाकारहरुबीच फुटबल खेलमा प्रतिस्पर्धा भएको हो ।

संघले फागुन ११ देखि गर्न लागेको केपी ओली कप राष्ट्रिय च्याम्पियनसीप आयोजना गर्न घोषणा गरिसकेको छ । 'केपी ओली कप २०७९’ राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी स्वरुप आज नेकपा (एमाले)का नेतासहित विभिन्न राजनीतिक दलकाशीर्ष नेता एवं नेपालका वरिष्ठ कलाकारबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो ।

उक्त मैत्रीपूर्ण फुटबलमा नेकपा एमालेका नेताहरु महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत, युवा संघ अध्यक्ष किरण पौडेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रामप्रसाद सापकोटा लगायत मैदानमा उत्रिएका थिए ।

त्यस्तै, खेलमा कलाकारका तर्फबाट अभिनेताहरु धिरेन शाक्य, आकाश श्रेष्ठ, जीतु नेपाल, सागर लम्साल, कुमार कट्टेल, गायक बद्री पंगेनी, कलाकार शंकर बीसी, गायिका रचना रिमाललगायत रहेका थिए ।

युवा संघले फागुन ११ देखि केपी ओली कप राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्दैछ ।