५ सय करोडको दौडमा ‘पठान’, के तोडिएला ‘बाहुबली २’को रेकर्ड ?


नायक साहरूख खान र नायिका दीपिका पादुकोणले अभिनय गरेको बलिउड फिल्म ‘पठान’ ५ सय करोडको दौडमा लागेको छ । तेस्रो साताको शनिबार ११ करोडको व्यापार गरेपछि फिल्मले ५ सय करोडको आँकडा छुने पक्का जस्तै देखिएको हो । 

तेस्रो साताको शुक्रबार ५.७५ करोडको व्यापार गरेको फिल्मले शनिबार ११ करोडको व्यापार गरेपछि हिन्दी भाषामा मात्र यसको व्यापार ४६० करोड पुगेको छ । आज आइतबार भारतमा सार्वजनिक विदा हुने भएकाले पनि फिल्मको व्यापारले उचाई छुने छ । 

यो फिल्मले अन्य दुई भाषामा भने १६.८० करोडको व्यापार गरेको छ । भारत भर यो फिल्मको नेट कलेक्शन भने ४७६.०५ करोड छ । 

भारतमा मात्र नभएर विश्व बजारमा नै आक्रामक व्यापार गरिरहेको फिल्मले १ हजार करोडको ग्रस कलेक्शन गर्ने संभावना पनि उच्च छ । सिद्धार्थ आनन्द निर्देशित यो फिल्मले बलिउड नायक साहरूख खानलाई फेरि एकपटक नम्बर १ को पोजिसनमा ल्याइदिएको छ । 

यो फिल्मले हिन्दी भाषामा मात्र ‘बाहुबली २’ले कमाएको ५११ करोडको नेट कलेक्शनलाई तोड्ने आकलन गरिएको छ ।