‘मनसँग मन’ हेरेर पूजाले यसो भनिन्


आजबाट देशभरका हलमा रिलिज भएको फिल्म ‘मनसँग मन’ हेर्न नायिका पूजा शर्मा काठमाडौंको वान सिनेमाज्मा पुगेकी छिन् । 

पुष्प खड्का, वर्षा सिवाकोटी अभिनित यो फिल्म हेरेपछि पूजाले दुई कलाकारको प्रशंसा गरिन् । वर्षा र पुष्पले आफ्नो भूमिकालाई सशक्त रुपमा निर्वाहा गरेको पूजाको भनाई थियो । 

फिल्म ‘मनसँग मन’ले नेपाल र दार्जिलिङको सम्बन्धको कथा समेत भनेको छ । कहिलेकाही यही सम्बन्धलाई राजनीतिले कमजोर बनाउन खोजेपनि अन्त्यमा सत्यकै जित हुने फिल्ममा देखाइएको छ । 

फिल्मलाई कैलाश राइले निर्देशन गरेका हुन् भने अरुण तामाङ यो फिल्मका निर्माता हुन् । सौरभ लामाको फिल्ममा निर्माण र छायांकन छ । 

फिल्मको एउटा गीतमा नायिका पूजा शर्मा र नायक पल शाहले पनि नृत्य गरेका छन् ।