‘मैना’पछि केपी पाठक बनाउँदैछन् ‘घटुवारे’
‘मैना’ नामक फिल्म निर्देशन गरेको १३ बर्षपछि निर्देशक केपी पाठक नयाँ फिल्ममार्फत दर्शकमा आउने भएका छन् । उनले, फिल्म ‘घटुवारे’ निर्देशन गर्न लागेका हुन् । यो फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता भइसकेको र कलाकारको छनोट कार्य चाँडै नै सुरु गर्ने पाठकको योजना छ ।
फिल्मको कथा लेखनको काम पनि अन्तिम चरणमा पुगेको छ । यो फिल्मका लागि नयाँ तथा पुराना कलाकार लिने योजना पाठकको छ ।
यो फिल्ममा पाठक, पुरुषोत्तम बोहोरा, निरञ्जन सिग्देलको लगानी रहनेछ । यो फिल्मलाई मौलिक कथामा निर्माण गर्ने योजना उनको छ । फिल्मलाई पुरु लम्सालले लेखिरहेका छन् ।
यो फिल्म हलमा रिलिज हुने वा नहुने विषयमा निर्णय नगरिएको केपीले बताए । एउटा घट्ट चलाउने व्यक्तिको कथामा यो फिल्म निर्माण हुनेछ ।
प्रतिक्रिया