डिल्लीरामले रविसँग नाम जोडेर भ्रामक प्रचार गरेपछि साइबर ब्यूरो पुगिन् करिश्मा


नायिका करिश्मा मानन्धरले डिल्लिराम खनालविरुद्ध साइबर ब्यूरोमा निवेदन दिएकी छिन् । 

फिल्म ‘ह्यारी कि प्यारी’मा समेत अभिनय गरेका डिल्लीरामले करिश्माको नाम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर भ्रमपूर्ण हल्ला फैलाएका थिए । 

करिश्माले सामाजिक संजालमा लेखेकी छिन्–‘उहाँ को हो, यो अत्ति भयो । भैहाल्यो भने । कलाकारलाई यस्तै भन्छन् भनेर सहे । हिजो साइबर ब्यूरोमा निवेदन हालेकी छु । हेरौं, नेपालको कानुन कत्तिको बलियो छ । प्रेम दाई भन्नुहोस्, म कसरी बसेको थिएँ । लिभिङ टूगेदर ? म हिन्दु हुँ । यो बिचारलाई नै विश्वास न गर्ने व्यक्ति हुँ । यो अत्ती भयो । म मेरो संसारमा खुशी छु ।’

डिल्लीले करिश्मा मानन्धर रवि लामिछानेसँग अमेरिकामा ‘लिभिङ टूगेदर’मा बसेको भन्दै आधारहिन बयान दिएका थिए । करिश्माले आफू अदालतमा पनि जाने बताएकी छिन् ।