बिहेपछि ७० करोडको घरमा सर्दै कियारा र सिद्धार्थ


बलिउडका सर्वाधिक चर्चित जोडी नायक सिद्धार्थ मल्होत्रा र नायिका कियारा आडवाणी आज बैबाहिक बन्धनमा बाँधिदैछन् । उनीहरूको बिहे समारोह भने २ दिन अगाडि बाट नै सुरु भएको हो । 

केही बर्ष प्रेम सम्बन्धमा रहेको यो जोडीले मिडियासामु कहिले पनि सम्बन्धलाई सार्वजनिक गरेका थिएनन् । उनीहरूले आज जैसलमेरको सूर्य गढ प्यालेसमा बिहे गर्दैछन् । बैबाहिक समारोहमा सहभागी हुन सिद्धार्थ र कियाराको परिवार २ दिन अगाडि नै भव्य होटलमा पुगेका थिए । यतिमात्र होइन, थुप्रै बलिउड कर्मी पनि यी दुईको बिहेमा सहभागी हुन पुगिसकेका छ् । 

यसैबिच, भारतीय मिडियाका अनुसार कियारा र सिद्धार्थ बिहे लगतै मुम्बईको एक भव्य घरमा सर्ने तयारीमा छन् । समुन्द्र स्पष्ट रुपमा देखिने घरको मूल्य ७० करोड रहेको बताइएको छ । यो घरको एन्टेरियर डिजाइन साहरूख खानकी पत्नी गौरी खानले गरेकी थिइन् । 

सिद्धार्थ र कियारा बलिउडमा सर्वाधिक व्यस्त कलाकार हुन् । फिल्मदेखि विज्ञापनमा यी दुईको माग उच्च छ । मिडियाको दाबी अनुसार, यो जोडीले बिहेको पहिलो निम्तो नायक साहरूख खान र उनकी पत्नी गौरी खानलाई पठाएका थिए । 

बिहेका लागि सूर्य गढ प्यालेस पूर्ण रुपमा सजाइएको छ । सोमबार बेलुकी मेहेन्दीमा र संगीत सेरोमोनीमा समेत आयोजना गरिएको भारतीय  मिडियाले उल्लेख गरेका छन् । 

बिहेका लागि ८० वटा कोठा बुक गरिएको छ । यस्तै, अतिथीहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जानका लागि ७० देखि १०० वटा कारको व्यवस्था समेत गरिएको छ ।