पहिले १५ केजी दुब्लाएका नाजिर अब २० केजी तौल बढाउँदैछन्


फिल्मका लागि कलाकारको मिहिनेत खुबै हुन्छ । जो कलाकार मिहिनेत गर्छन्, उनले नै सफलता पाएका हुन्छन् । 

नेपाली फिल्म क्षेत्रमा नायक नाजिर हुसेन अनलक्की साबित भएपनि मिहिनेत गराईमा भने अगाडि छन् । उनले, अभिनय गरेको फिल्म ‘गुलाबी’को फस्टलुक सार्वजनिक भएपछि सर्वत्र चर्चा भैरहेको छ । यो फिल्ममा नाजिर ट्रान्सवुमनको भूमिकामा छन् । फिल्मका लागि नाजिरले १५ केजी तौल घटाएका थिए । उनले गरेको मिहिनेत फिल्ममा स्पष्ट रुपमा देखिएको पनि छ । 

उनै, नाजिर अब नयाँ फिल्म ‘अगस्त्य’को लागि भने २० केजी तौल बढाउन जिम धाइरहेका छन् । उनले, जिममा वर्कआउट गर्दै गरेको तस्वीर सार्वजनिक गर्दै आफू अब २० केजी मोटाउने उल्लेख गरेका छन् । 

सौरभ चौधरीको निर्देशनमा बन्न लागेको यो फिल्ममा सौगात मल्ल र मलिका महत्त पनि फाइनल भैसकेका छन् । फिल्मका लागि नाजिरले गरेको मिहिनेत प्रशंसायोग्य छ । 

फिल्ममा निरन्तर ओरालो लागेको नाजिरको करिअर यी दुई फिल्मले उचाईमा लैजाने विश्वास गरिएको छ । फिल्ममा नाजिर एक्सन अवतारमा देखिनेछन् ।