‘प्रसाद २’पछि केकीले साइन् गरिन् सलोनसँग ‘जय हो’


नायिका केकी अधिकारीको हातमा फिल्मको अभाव नै छैन । उनले, एकपछि अर्को फिल्म साइन गरिरहेकी छिन् । केही दिन अगाडि मात्र फिल्म ‘प्रसाद २’को छायांकन सकाएकी केकी फेरि नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् । उनले, निर्माता शोभित बस्नेतको नयाँ फिल्म ‘जय हो’ साइन गरेकी हुन् ।

शोभितको जन्मदिनको अवसर पारेर आइतबार केकीसँग कागजी संझौता भएको हो । यो फिल्ममा अब केकीसँगै अर्पण थापा, सलोन बस्नेत, माओत्से गुरुङ फाइनल भएका छन् । फिल्मको छायांकन आगामी फागुणको २५ गतेबाट सुरु हुनेछ ।

सुरेश न्यौपानेको कथा रहेको फिल्ममा शम्भुजित बाँस्कोटा र सागर आलेको संगीत, सौरभ लामाको छायांकन रहनेछ । मुस्ताङ, पोखरामा खिचिने फिल्ममा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । 

केकीले फिल्म साइन गरेपछि अब यसको टिमअप पनि बलियो बनेको छ । यही फिल्मको छायांकनका लागि भन्दै नायक सलोन बस्नेतले निता ढुंगानाले बनाउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ छाडेका थिए ।