सारा र शुभमन गिलको प्रेम चर्चा


बुधबार भारतीय क्रिक्रेटर सुभमन गिलले गज्जबको क्रिकेट खेले । न्यूजिल्याण्डसँगको खेलमा उनले शतक प्रहार गरेका थिए ।  तर, शुभमन विगत केही महिनादेखि बलिउड नायिका साराअली खानसँगको प्रेमको कारण चर्चामा छन् । 

मिडियामा सार्वजनिक भएको एक तस्वीरमा शुभमन र सारा एयरपोर्टमा एकसाथ देखिएका छन् । यसपछि, उनीहरुको प्रेमको चर्चा झनै चुलिएको छ । 

भारतीय मिडियाको रिपोर्ट अनुसार, सारा र शुभमनको तस्वीर अहमदाबाद एयरपोर्टको हो । उनीहरु विगत केही दिनदेखि एकसाथ समय बिताइरहेका छन् । 

सारा र शुभमन एकसाथ एउटा रेष्टुरेन्टमा केही महिना अगाडि देखिएका थिए । त्यसपछि भने उनीहरुको प्रेमको चर्चा सुरु भएको हो । शुभमनको भारतीय क्रिकेटमा निक्कै नै चर्चा छ । यसपछि, उनी बलिउड नायिकासँग जोडिएका छन् । 

साराको यसअगाडि नायक सुशान्त सिंह राजपुत र कार्तिक आर्यनसँग प्रेमको चर्चा थियो । 

केही समय अगाडि शुभमन एउटा टक शोजमा पनि पुगेका थिए । जहाँ, साराअली खानसँगको डेटिङको बिषयमा प्रश्न  सोधिएको थियो । जसको जवाफ दिदै, शुभमनले हुन सक्ने बताएका थिए ।