साहरुखको फिल्म ‘पठान’ले कमायो ६ सय करोड, 'पठान २' पनि घोषणा

बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म पठान यतिबेला चर्चामा रहेको छ।

चार वर्षपछि ‘पठान’ मार्फत कमब्याक गरेका शाहरुखको फिल्मले विश्वभरबाट राम्रो कमाइ गरिरहेको छ।

उनको फिल्मलाई दर्शकको चौतर्फी प्रशंसा आउन थालेपछि हिजो सोमबार साँझ मात्र उनले पत्रकार सम्मेलनमार्फत आफ्नो खुसी सार्वजनिक गरेका हुन् । जहाँ उनले रंगपत्रकारबीच सवाल-जवाफ पनि खुलेर गरेको पाउन सकिन्छ ।

बलिउडमा देखिएका साहरुखको खुसी र प्रतिक्रियाबाट पनि अनुमान लगाउन सकिन्छ कि उनको कमब्याक दमदार देखिन्छ ।

पत्रकार सम्मेलनमा साहरुख आफ्नो पुरानै लयमा प्रस्तुत भए । रमाइलो, ठट्टासँगै आएका प्रश्नहरुको चोटिलो जवाफ दिन पनि भ्याए । 

पत्रकार सम्मेलनमा साहरुखले भने । ‘हामी सबैको जीवनजस्तै केही राम्रा र केही नराम्रो अवस्थामा रहें । मेरा लागि पनि यो अवसर यस्तै नै बन्यो,’ उनले भने । 

उनले ‘पठान’ को लोकप्रियताका कारण विगतका पीडा भुलें । उनले आफूले जनतामा खुसी बाँड्न सकूँ भनेर कामना पनि गरे । ‘मेरो मनदेखि नै इच्छा थियो कि मैले जनतामा खुसी बाँड्न सकूँ,’ उनले भने, ‘जब म असफल हुन्छु, कसैलाई पनि दु:ख दिँदैनँ । जति ममाथि हुन्छ । यस्तोमा म अहिले एकदमै खुसी छु कि आफ्नो खुसीहरु तपाईंहरुमाझ बाँड्न सकेको छु ।’

शाहरुखले पत्रकार सम्मेलनमा जुन खुसीको कुरा सुनाए त्यो भनेको उनको फिल्म ‘पठान’ को सफलतासँग जोडिएको छ । शाहरुखको खुसी अनुहारमा त झल्कन्थ्यो नै । आम्दानीका हिसाबमा बक्स अफिसमा भएको कलेक्सनमा बहार छाएको थियो । उनले पत्रकारहरुमाझ भने, ‘यी चार दिनमा बितेका ४ वर्ष भुलिसकें ।’

फिल्मको सफलतालाई मध्यनजर गर्दै ‘पठान २’ को घोषणा गरिएको छ। उक्त पत्रकार सम्मेलनमै शाहरूखले ‘पठान २’ को घोषणा समेत गरेका हुन्।

दैनिक सय करोड कमाइरहेको यो फिल्मरले ५ दिनमा विश्वभरबाट ५ सय करोडभन्दा बढी कमाइसकेको छ। पठानले पहिलो दिनमै विश्वभरबाट १०६ करोड भारू कमाउँदै सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो।

ट्रेड विश्लेषक रमेह बालाका अनुसार पठानले विश्वभरबाट सोमबारसम्म ६ दिनमा ६ सय करोडबढी भारतीय रुपैयाँ कमाएको छ। 

उनले भने, ‘पठानको सफलतापछि मेरो परिवार निकै खुशी छन्। यदि यस फिल्मको सिक्वेल बन्यो भने म निकै मेहनत गर्छु। पठान २ मा कपाल अझै लामो बनाउँछु’ । शाहरूखले फिल्मको व्यापारभन्दा पनि दर्शकको माया नै ठूलो उपहार भएको बताए।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गरेका हुन्।

शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।