बोल्ड दृश्यले भरिएको ‘परस्त्री’ चैत्र १२ मा ल्याउने तयारी


‘आमा र चिसो मान्छे’ जस्तो सामाजिक कथामा फिल्म बनाएकी निर्मात्री शर्मिला पाण्डे अब आफ्नै छोरा सुरज पाण्डेलाई निर्देशक बनाएर दर्शकमाझ आउँदैछिन् । 

शर्मिला पाण्डेको निर्माण र सुरज पाण्डेको निर्देशनमा तयार भएको फिल्म ‘परस्त्री’को अहिलेसम्म कुनै पनि लुक्स सार्वजनिक गरिएको छैन । तर, यो फिल्ममा हट दृश्य निक्कै समावेश भएको श्रोत बताउँछ । 

निर्मात्री पाण्डे पनि यसपटक आफूले फिल्म निर्माणमा कुनै कसर बाँकी नराखेको बताउँछिन् । पाण्डेले बारम्बार भन्दै आएकी छिन्–‘छोराले फिल्म गज्जब बनाएको छ । खर्च पनि साढे २ करोड बढी भएको छ ।’

यो फिल्मलाई फागुण १९ गते ल्याउने तयारी गरिएको थियो । तर, यही मितिमा ‘छक्का पन्जा ४ र छड्के २’ रिलिज हुने भएपछि ‘परस्त्री’लाई केही हप्तापछि ल्याउने तयारी निर्माताको छ ।

आधिकारिक रुपमा घोषण नगरिएपनि फिल्मलाई चैत्रको १२ गतेबाट रिलिज गर्ने तयारी शर्मिलाको रहेको वुझिएको छ । तर, शर्मिला भने फागुण १९ मै फिल्म आउने दोहोराउछिन् । 

फिल्ममा कोशिश क्षेत्री र शिल्पा मास्के मुख्य भूमिकामा छन् ।