प्रियंकाकी छोरीको तस्वीर इन्टरनेटमा भाइरल


नायिका प्रियंका चोपडा सरोगेसीको माध्यमबाट आमा बनिन् । तर, आमा बनेपनि उनले सामाजिक संजालमा आफ्नी छोरीको तस्वीर भने सार्वजनिक गरेकी थिइनन् । 

सार्वजनिक भएका तस्वीरमा पनि प्रियंकाले छोरीको अनुहार लुकाएकी हुन्थिन् । तर, पहिलो पटक प्रियंका र उनकी छोरीको तस्वीर सार्वजनिक भएपछि यसले इन्टरनेटमा तहल्का नै मच्चाएको छ । 

छोरी माल्तीको साथमा प्रियंका एक कार्यक्रममा देखिएकी हुन् । निक जोनसका दाजुको एक कन्सर्टमा प्रियंका छोरीको साथमा देखिएकी हुन् । 

गायक निक जोनससँग बिहे गरेपछि प्रियंका भारतमा भन्दा बढी अमेरिकामा नै बस्दै आएकी छिन् ।