‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक
‘छक्का पञ्जा ४’ फिल्मको पहिलो गीत सार्वजनिक भएको छ ।
फागुन १९ गते देशभर प्रदर्शनमा आउने फिल्मको सोमबार दर्शन सलाम बोलको गीत युटुयुबबाट सार्वजनिक गरिएको हो । लोक शैलीको उक्त गीतमा स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज गिरी, राज आचार्यलगायत फिचड छन् ।
सार्वजनिक गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर, राजेन्द्र थापाको शब्द रचना र दीपक शर्माको संगीत छ । चुनावको पृष्ठभूमिमा तयार पारिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
हेमराज बिसिद्वारा निर्देशित फिल्मलाई नरेन्द्र मैनालीको छायांकन गरेका छन् भने कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार प्रसाद घिमिरे (माग्ने बुढा) , राज आचार्य लगायतका कलाकार रहेका छन् ।

‘धोकेबाज हौ तिमी’बारे बोले गायक शिव परियार, भन्छन्- मेरो भनेको छैन

रिलिज मिति तोक्दै फिल्म‘गणपति’को पोस्टर सार्वजनिक

फिल्ममा अब मेरो कुनै रेट छैनः पूजा शर्मा

रेजिनालाई महिलाले नै भोट नदिएपछि शोभितको आक्रोश

‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न, चैत्र १० बाट छायांकन

प्रतिक्रिया