बोर्डले विवादास्पद कम्पनीसँग मिलेर गर्न लागेको फेस्टिभल ‘महापुरुष’ले बहिष्कार गर्यो
_Z8LKx7RWAr_iskxc8mkegtwckrfzwnjhamir6okcymaav3yfbc0ja6xrqp1aleqyljo1idy_2KhyQeOv7y_euln4sshpgb40lfzjav6vdl3vn5gvd3ukmyazaosoqekbbdhazjnbfgwi1bd.jpg)
चलचित्र विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘महापुरुष’ देखाउने भन्दै प्रचार गरिएकोमा निर्माण कम्पनी षट्कोण आर्ट्सले आपत्ति जनाएको छ ।
बोर्डले सूर्य कर्पोरेसनसँग मिलेर फेब्रुअरी १२ देखि १५ सम्म दुबईमा फेस्टिभल आयोजना गर्न लागेको छ । यही फेस्टिभलका बारेमा बोर्ड अध्यक्ष भुवन केसी चाहिँ अन्तर्राष्ट्रिय बजारको खोजी र विस्तारका लागि हुन लागेको र यो फेस्टिभल लाभदायक हुने बताउँदै आएका छन् । उक्त फिल्म फेस्टिभलमा ‘कबड्डी कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’, ‘महापुरुष’आदी फिल्म पनि देखाउने कार्यतालिका रहेको छ ।
तर, सूर्य कर्पोरेसन र फेस्टिभलको सरकारी लगानीलाई लिएर प्रश्न उठिरहेका बेला प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महापुरुष’ टिमले उक्त विवादित र अनावश्यक खर्चको कार्यक्रममा सहयोग र सहमति नहुने भन्दै फेस्टिभल प्रति आपत्ति जनाएको छ ।
‘महापुरुष’का निर्माताले सोमबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै आफूहरूलाई नसोधीकन र अनधिकृत ढंगले फिल्म देखाउन लागिएको भन्दै प्रदर्शन गर्न अनुमति नदिने निर्णय गरेको जनाएको हो।
जारी विज्ञप्तिमा भनिएको छ, 'चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेसनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्व सामु पुर्याउने नाराका साथ दुबईमा गर्न लागेको गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा हाम्रो फिल्म ‘महापुरुष’ हामीसँग अनुमति नलिइकन उक्त कार्यक्रममा समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो नेपाली फिल्म लाई विश्व बजारमा पुर्याउने विकास बोर्डको चाहना स्वागत छ तर यी र यस्ता नेपालीहरू माझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला ? यता खर्च गर्ने ३० लाख पैसाले बरु त्यै मिडल इस्टमा व्यावसायिक प्रदर्शन हुने नेपाली फिल्महरूको सेन्सरमा ट्रान्सलेसनमा सहयोग गरे केही राहत होला । साथै विवादमा आएको कम्पनीसँग सहकार्य गर्न बोर्डलाई के कुराले बाध्य बनायो होला ? यी र यस्तै प्रश्न र सुझाव सहित हाम्रो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउनु हुन अनुरोध गर्दछौ ।’

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

विधु विनोद चोपडासँग नजिक देखिएका प्रदीप ‘१२ वि फेल’को सक्सेस पार्टीमा पुगे

‘साङ्लो’ पछि विराजले घोषणा गरे ‘१२ गाउँ’

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

श्रृंखला र सम्भव मंसिर २८ मा लगनगाँठो कस्दै

प्रतिक्रिया