सुनिलसँग गीताको ‘तिम्रो माया खैं’


गायिका अस्मिता अधिकारी र गायक योगेश काजीको स्वरमा नयाँ गीत ‘तिम्रो माया खैं’ सार्वजनिक भएको छ । 

गीतमा सुनिल विकको शब्द तथा संगीत छ । यो गीतलाई प्रेमिलो तरिकाले तयार पारिएको छ । गीतको भिडियोमा सुनिल विक र गीता ढुंगानाको अभिनय हेर्न सकिन्छ । भिडियोको निर्देशन पनि सुनिलले नै गरेका हुन् ।

विवेक विकको छायांकन रहेको भिडियोलाई प्रविण भट्टले समपादन गरेका हुन् ।