७ बर्ष पुरानो फिल्मको केक काट्न झुल्किइन् वर्षा


नायिका वर्षा सिवाकोटी लामो समयपछि मिडियामा झुल्किइन् । फिल्मी बजारमा उनको डिभोर्सको चर्चा चलिरहँदा उनले भने यस बिषयमा केही पनि बोलेकी छैनन् । 

तर, आइतबार आयोजना भएको फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’को घोषणा कार्यक्रममा भने उनी पुगिन् । यो फिल्मको घोषणासँगै ७ बर्ष अगाडि रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’को केक काट्ने कार्यक्रम पनि थियो । ‘पशुपति प्रसाद’मा भने नायिका सिवाकोटीको अभिनय हेर्न सकिन्छ । वर्षाले आफ्नो करिअरको हिट फिल्मको केक काटिन् र खुशी साटिन् । 

तर, निर्देशक दीपेन्द्र के खनालले वर्षालाई ‘पशुपति प्रसाद २ भष्मे डन’मा भने दोहोर्याएका छैनन् । वर्षाले, फिल्मको कथा ‘भष्मे डन’मा आधारित रहने भएकाले पनि आफूलाई खिन्न नलागेको बताइन् । सुरुमा फिल्ममा स्वस्तिमा खड्का हुने भन्ने सुन्दा केही खिन्न लागेपनि अर्कै पात्रको कथा रहेको भन्दै आफूले चित्त वुझाएको उनको भनाई छ । 

वर्षा अभिनित फिल्म ‘मनसँग मन’ माघको २७ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको प्रचारमा भने वर्षाले मन बनाएकी छैनन् । तर, ७ बर्ष अगाडि रिलिज भएको फिल्मको केक काट्न भने उनी पुगेकी छिन् ।