नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरिन् एलिजा


म्युजिक भिडियो, फिल्म हुँदै अब कलाकार एलिजा गौतम राजनीतिमा प्रवेश गरेकी छिन् । उनी, शनिबार नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेकी हुन् । रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित एक कार्यक्रममा गौतमलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमालासहित  पार्टीमा प्रवेश गराएकी हुन् ।
 
एलिजालाई महत्वपूर्ण जिम्मेवारी समेत दिइएको चर्चा भैरहेको छ । एलिजालाई पार्टीको उपाध्यक्ष बनाउने चर्चा समेत छ । रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाकी पत्नी समेत रहेकी एलिजाले ‘अनुराग’ नामक फिल्ममा अभिनय गरेकी छिन् । 

उनले, अभिनय गरेका केही म्यूजिक भिडियो हिट छन् । एलिजाले भिडियो र फिल्मपछि राजनीतिक करिअरलाई कसरी अगाडि बढाउने हुन् त्यो भने हेर्न बाँकी छ ।