‘पठान’ले कमायो २ दिनमै २१९ करोड


बलिउड नायक साहरुख खानको बुधबारदेखि रिलिज भएको फिल्म ‘पठान’ले बक्स अफिसमा सुनामी ल्याइदिएको छ । गतबर्ष निक्कै कमजोर देखिएको बलिउड यो बर्षको सुरुवातमै ‘पठान’का कारण जुरुक्कै उठेको छ । 

बलिउडका दर्शक तथा बलिउडकर्मीहरु यो फिल्मका कारण उत्साहित छन् । उनीहरुले सामाजिक संजालको माध्यमबाट खुशी व्यक्त गरिरहेका छन् । 

यो फिल्मले बक्स अफिसमा सबै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मले पहिलो दिन भारतीय बक्स अफिसमा ५७ करोडको आक्रामक ओपनिङ गरेको थियो । जसमा, २ करोड अन्य भाषामा थियो भने ५५ करोड हिन्दी भाषामा थियो । 

बिहिबार परेको स्वतन्त्रता दिवसको अवसरमा फिल्मले नयाँ रेकर्ड छोएको छ । यो फिल्मले बक्स अफिसमा ६८ करोडको नयाँ आँकडा छोएको छ । हिन्दी भाषामा मात्र ६८ करोड नेट कलेक्शन गर्दै यो फिल्म नयाँ उचाईमा पुगेको छ । साहरुख खानले बक्स अफिसमा आफूसँग नै प्रतिस्पर्धा गरिरहेका छन् । 

यो फिल्मले २ दिनमै सय करोड कमाउने पहिलो बलिउड फिल्म समेत बनेको छ । फिल्मले २ दिनमा १२३ करोडको कमाई गरेको हो । 

यस्तै, विश्व बजारमा यो फिल्मले २१९.६० करोडको ग्रस कलेक्शन गरेको छ । फिल्मले पहिलो दिन १०६ करोड र दोश्रो दिन ११३.६० करोडको ग्रस कलेक्शन गरेको हो । २ दिन निरन्तर सय करोड भन्दा बढी कमाउने फिल्मको रेकर्ड समेत ‘पठान’को नाममा गएको छ । 

फिल्मले ५ दिन लामो विकेन्डमा २ सय करोड माथिको कलेक्शन भारतीय बक्स अफिसमा गर्ने पक्का छ । फिल्मले तालिम र तेलुगु भाषामा २ दिनमा ४.५ करोडको व्यापार गरेको छ ।