‘गुलाबी’को फस्टलुकमा ट्रान्सवुमन नाजिर


नायक नाजिर हुसेनलाई ट्रान्सवुमनको भूमिकामा देखाउँदै फिल्म ‘गुलाबी’को फस्टलुक सार्वजनिक गरिएको छ । समुन्द्र भट्टको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा नाजिर गाजल, टिकी र नथिया लगाएर गम्भिर मुद्रामा देखिएका छन् । यो फिल्मका लागि नाजिरले १६ केजी तौल समेत घटाएका थिए ।

फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । यो फिल्ममा नाजिरको साथमा संचिता लुइटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मका लागि नाजिरले १६ केजी तौल समेत घटाएका थिए । द स्काई ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मिल यो फिल्ममा आलोक शुक्लाको छायांकन, सान भुषाल र लेखु सहयात्रीको संगीत छ । फिल्मको फस्टलुकले दर्शकमा उत्साह थप्ने निश्चित छ । नाजिर हुसेनले यसपटक आफूलाई अब्बल कलाकार पुष्टी गर्ने अनुमान समेत गर्न सकिन्छ ।