पूजाको ‘पठान’ मोह

नायिका पूजा शर्माले नेपालमा रहेका साहरुख खानका फ्यानहरुसँग मिलेर केक काटेकी छिन् ।
आजबाट रिलिज भएको साहरुख अभिनित फिल्म ‘पठान’ हेर्न हलमा पुगेकी पूजाले फ्यानहरुसँगै केक काटेकी हुन् । पूजा साहरुखको ठूलो फ्यान हुन् । उनले, ‘पठान’ उत्कृष्ट लागेको बताइन् । लामो समयपछि साहरुखलाई पर्दामा हेर्न पाउँदा आफू उत्साहित भएको पनि उनले बताइन् ।
टिम साहरुख खान नेपालले आज सुन्धाराको सिटीसी मलमा रहेको सिने द सेफ को एक शोज नै बुक गरेको थियो । पूजा विशेष अतिथीको रुपमा पुगेकी थिइन् ।
यो फिल्मले नेपालमा पनि बम्पर ओपनिङ गरेको छ । भारतमा जस्तै, नेपालमा पनि यो फिल्मको सबै शोज बिहानैदेखि हाउसफूल छन् । अधिकांश मल्टिप्लेक्सले फिल्मलाई उच्च शोज दिएका छन् । ती सबै शोजमा दर्शकको उच्च चाप छ ।
सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको एक्सन प्रधान यो फिल्मले दर्शकको उच्च साथ पाएको छ । फिल्मको समीक्षा समेत उत्कृष्ट आएकाले बक्स अफिसमा यसले आगामी दिनमा आक्रामक व्यापारलाई निरन्तरता दिने बिश्लेषण गरिएको छ ।

‘प्रसाद २’को ‘मार्सी धान’ रिलिज, केकी र विपिनसँगै सरोज र आश्माको ठुम्का

‘धोकेबाज हौ तिमी’बारे बोले गायक शिव परियार, भन्छन्- मेरो भनेको छैन

रिलिज मिति तोक्दै फिल्म‘गणपति’को पोस्टर सार्वजनिक

फिल्ममा अब मेरो कुनै रेट छैनः पूजा शर्मा

रेजिनालाई महिलाले नै भोट नदिएपछि शोभितको आक्रोश

प्रतिक्रिया