‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज

फिल्म 'ह्यारी कि प्यारी'को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बुघबार 'मिठो मिठो' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

निर्देशक डा. कपिल रिजालको शब्द रचना रहेको गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर सुन्न सकिन्छ । फिल्मको सार्वजनिक गीतमा युग भुषालको संगीत रहेको छ भने, मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल भिडियोमा फिचर्ड रहेका छन् । प्रेमयुक्त गीतमा साम्राज्ञीले आफ्नो स्वार्थका लागि जितुसँग बिहे गरेपछि विस्तारै मायामा डुब्दै गएको भिडियोमा देख्न सकिन्छ ।

डा.रिजालको प्रस्तुतिमा निर्माण भएको फिल्ममा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ । दन्त चिकित्सक डा. रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा साम्राज्ञी र जितुका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । फिल्मको यस अघि सार्वजनिक गरिएको एक गीतमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत रहेकी छिन् ।

फिल्ममा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । 

सुदीप बरालको छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विजय बस्यालले पोस्टर डिजाइन गरेकको फिल्मको पोष्ट प्रोडक्सनको सम्पुर्ण मुम्बईमा गरिएको हो ।