एङ्ग्रीपछि फेरि चकलेटी लुक्समै फर्किए अनमोल केसी

लगातार लभ स्टोरी फिल्म गरिरहेका नायक अनमोल केसीले निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘छड्के २’मा आफूलाई केही परिवर्तन गराए । लामो कपाल पालेका अनमोल एङ्ग्री अवतारमा यो फिल्ममा देखिदैछन् । फागूणको १९ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।
यो फिल्मको काम सकेपछि अनमोल फेरि चकलेटी अवतारमा नै फर्किएका छन् । अनमोल चाडै नै छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘जेरी २’मा लभरब्वाइको भूमिकामा देखिदैछन् । जसका लागि उनले आफ्नो लामो कपाल पनि छोट्याएका छन् ।
फिल्मको केही दिनदेखि वर्कशप चलिरहेको छ । हेमराज वीसीको निर्देशनमा बन्नृे फिल्ममा नायक अनमोल केसी र नायिका आना शर्मा दोश्रो पटक पर्दा शेयर गर्दैछन् । सरोज न्यौपानेको निर्माणमा तयार हुन लागेको यो फिल्मलाई लुक्ला, सगरमाथाको आधार शिविर, काठमाडौं, अष्ट्रेलिया र क्यानडामा छायांकन गर्ने तयारी गरिएको छ । फिल्ममा सरोजसँगै रामकृष्ण श्रेष्ठको पनि लगानी रहनेछ ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव
_Z8LKx7RWAr_iskxc8mkegtwckrfzwnjhamir6okcymaav3yfbc0ja6xrqp1aleqyljo1idy.jpg)
बोर्डले विवादास्पद कम्पनीसँग मिलेर गर्न लागेको फेस्टिभल ‘महापुरुष’ले बहिष्कार …

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

प्रतिक्रिया