मार्मिक पारिवारिक कथा बोल्ने ‘छैन केहि डर’
एक समयका चर्चाका अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन् । सामाजिक र पारिवारिक कथासहितको सन्देश दिँदै मात्र होइन प्रेमभाव जोडिएका गीति भिडियोमा समेत धिरेनले कम्मर मर्काउन भ्याउँछन् ।
यो बीचमा गौरव गिरीको निर्देशनमा बनेको ‘छैन केहि डर’ बोलको गीतमा धिरेन जोडिएका छन् । सोमबार सार्वजनिक भएको उक्त गीतमा धिरेनले अभिनेत्री अनिता केसीसँग जोडी बाँधेका छन् । अनिता उनै हुन् बिसौं वर्षपहिले सार्वजनिक चर्चाको अनि हिट फिल्म ‘कमाण्डो’मा मुख्य भुमिका निभाएकी थिइन् ।
एकसमयका चल्तिका दुई अग्रज कलाकारलाई गिरीले जोडी बाँध्दा साथमा नुशा खातुन, भद्रजंग कुवंर, रामलक्ष्मण विष्ट र दुर्गाचन्द ठकुरीलाई पनि भिडियोमा देख्न सकिन्छ भने बालकलाकार द्वय उमंग हुमागाइँ र उत्कर्ष हुमागाइँ पनि भिडियोमा फिचर्ड छन् ।
पारिवारिक कथा समेटिएको गीतको भिडियोमा सामाजिक कामले एउटा बस्तिको प्रतिनिधित्व गर्दै शहर हिँडेको श्रीमान हराएपछि परिवारमा उनको श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छोड्न बाध्य पार्ने परिस्थितिलाई जोडिएको छ । बुबा हराएपछि परिवारका अन्य सदस्यबाट बालक छोरा अपहेलित हुनुपर्दाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । सबै कलाकारले जीवन्त अभिनय पस्केका छन् ।
उक्त गीतमा स्वर विशम आचार्यको छ भने मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका छन् । गीतमा संगीत एरेञ्जको काम पनि गायक विशमले नै गरेका छन् ।
भिडियोतर्फ भद्रजंग कुवंरको सम्पादन रहँदा छायांकन उत्तम हुमागाइँको छ । कलरको काम श्याम कुवंरले गरेका छन् । निर्देशक गिरीले नेपाली समाजको एक यथार्थतालाई भिडियोमा जोडिएको बताए ।
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_OKyV6TCQtn_oubt4xzjjhp5gca0o5aljpeewgspqxajs6a3qsro5zolnykqgyvv4ervgd0h.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

'उडान' म्युजिकल सर्ट फिल्मको टिजर सार्वजनिक
'सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन डोना नेपाल आउँदै

प्रतिक्रिया