विपिनमाथि दर्शक र निर्माताको ठुलो भरोसा किन ?

अभिनेता विपिन कार्कीको नेपाली फिल्म क्षेत्रमा यस्तो लाग्छ यति बेला अधिकांश निर्माताको पहिलो रोजाइ नै विपिन हुन् । सरसर्ती हेर्ने हो भने विपिनमाथि नेपाली फिल्मका दर्शक र फिल्मकर्मीले ठुलो भरोसा गरेको देखिन्छ । 

विपिनलाई पनि आफ्नो व्यस्तता थाहा नै छ । यसैले, त उनी फिल्म धेरै हुँदा पनि पारिश्रमिक महँगो मागिरहेका छन् । नेपाली फिल्ममा विपिनको अभिनयमा अब्बल हुनु र एकपछि अर्को फिल्म सफल हुँदा उनी मकरको रोजाइमा परेका हुन् । 

विपिनले केही दिनअघि फिल्म ‘प्रसाद २’को छायांकन सकाएका छन् । ‘प्रसाद २’को छायांकन सकाएर आएपछि विपिनले एकपछि अर्को फिल्ममा सम्झौता गरिरहेका छन् । छायांकन सकाएका उनले दुई दिनको अन्तरालमा दुई फिल्म सम्झौता गरे। गत बुधबार फिल्म ‘भगवत् गीता’ साइन गरे अनि शुक्रवार फिल्म ‘चलचित्र’ सम्झौता गरे । उनको हातमा यतिखेर ‘भष्मे डन’, ‘भगवत् गीता’र  ‘चलचित्र’ नामक फिल्म छन् । यी फिल्ममा त विपिन शीर्ष भूमिकामा मै छन् । यस्तै, विपिनको हातमा अर्को फिल्म ‘चंगाचेट २’ पनि छ ।

यस्तै, माधव वाग्लेले फिल्म ‘विवेक’ नामक फिल्म बनाए भने यसमा पनि व्यस्त हुनेछन् । फिल्म ‘महापुरुष’पछि निर्देशक प्रदीप भट्टराईले फिल्म ‘महाजात्रा’ नामक फिल्म बनाउने तयारी गरेका छन् । यो फिल्ममा पनि विपिन नै मुख्य भूमिकामा हुनेछन् ।

रिलिजकै कुरा गर्ने हो भने विपिनको ‘फूलबारी’ फागुनको ५ गते रिलिज हुँदै छ । नयाँ वर्षसँगै फिल्म ‘प्रसाद २’ पनि रिलिज हुनेछ । नेपाली फिल्म क्षेत्रमा विपिन जस्तै व्यस्तता दयाहाङ राई र सौगात मल्लको पनि देखिएको छ ।