कंगनाले सम्पत्ति धितोमा राखिन्

बलिउड अभिनेत्री कंगना रनावतले हालै फिल्म ‘इमरजेन्सी’को सेटका केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिन् ।

उनले तस्बिरसँगै फिल्मसँग जोडिएको निजी कुरालाई पनि खुलाएकी छन् । कंगनाका अनुसार उनले फिल्मका लागि आफ्नो सबै सम्पत्ति धितो राखेकी छन् । उनले फिल्मको फस्ट सेड्युलमै आफूलाई डेंगु भएको समेत खुलाएकी छन् ।

कंगनाले तीन तस्बिर सेयर गरेकी छन् । जसमा उनी फिल्ममा आफ्नो चरित्र अनुसारको कष्ट्युम लगाएकी छन् र माइक्रोफोनमा कुराकानी गरिरहेको देखिएकी छन् ।

‘यो फिल्मको सुटिङ रोकियो । त्यसकारण मैले सबै सम्पत्ति धितो राखेको छु । यो फिल्मको फस्ट सुटिङ सेड्युलमा मलाई डेंगु पनि भएको थियो’, उनले लेखेकी छन् ।

कंगनाले यो फिल्मको घोषणा सन् २०२१ मा गरेकी थिइन् । फिल्ममा रितेश शाहको लेखन छ भने निर्देशक कंगनाकै छ । फिल्ममा कंगनाका अलावा अनुपम खेर, मिलिन्द सुमन, महिमा चौधरी, सतीश कौशिक र श्रेयश तलपडेको पनि अभिनय छ ।