मेयर बालेन र निर्देशक विशालको फेसबुकमा जुहारी: असंयमित बन्दै साह, भण्डारीको श्री ८ को संज्ञा

निर्देशक तथा ‘कमेडी क्लब विथ च्याम्पियन’का निर्माता विशाल भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच सामाजिक सञ्जाल फेसबुकमा लामै जुहारी चलरिहेको छ यतिबेला । सुरुमा भण्डारीले शुक्रबार आफनो फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मेन्सन गर्दै केही प्रश्नको जवाफ दिन आग्रह गरेका थिए ।

मेयर साहले यसपटक मात्रै होइन यसअघि पनि आफूलाई प्रश्न गर्ने जोकोहीलाई पनि यस्तै जवाफ दिने गरेका छन् । केही समयअघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि पनि साह खनिएका थिए । महानगरको कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि मेयर साह असंयमित हुन थालेको प्रस्ट देख्नसकिन्छ।

मेयर साहविरुद्ध डोजर आ-तंक फैलाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको बेला रक्षक नै भक्षक भएको भन्दै भण्डारीले प्रश्न उठाउँदै केही प्रश्नको जवाफ मागे।

शुक्रबार राति भण्डारीले भत्काउन पुग्यो अब बनाउ भन्दै केही प्रश्नको जवाफ दिन आग्रह गर्दा मेयर साहले भण्डारीले पोष्ट गरेको स्टाटसमा गैरजेम्मेवारीपूर्ण र अमर्यादित जवाफ दिएका छन् । डोजर आ-तंक मचाइरहेका मेयर साहलाई उनको सुझाव पचेन । उनले विरोधीको आवाजलाई विकासको तथ्थाङले दबाउन सकिन्छ भन्दै सुझाव दिए । आम नागरिकको प्रश्नको उत्तर दिएर पाँच वर्ष चुड्कीमै जान्छ भन्ने आसय राखे । आफनै व्यक्तिगत अकाउन्टबाट मेयर साहले जवाफ दिदै उल्टै निर्देशक भण्डारीमाथि टिप्पणी गरेका छन् । साहको यो जवाफमाथि सामाजिक सञ्जाल फेसबुकमा लामै बहस भएको छ ।

सार्वजनिक रुपमा प्रश्न गरेका भण्डारीलाई मेयर साहले व्यक्तिगत लाञ्छना र उनको व्यवसायमाथि उल्टो प्रश्न गर्दै कमेन्टमा लेखेका छन् ।

उनले लेखेका छन्,‘ तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं। तिम्रो अस्त्वि पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।’

उनको यो जवाफले निर्देशक भण्डारी चकित छन् । त्यसपछि निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्याएका छन् – मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ? पहिलो जवाफ पछि भण्डारीले प्रश्न सोध्न पाइैन भन्दै अर्को प्रश्न गरेका छन् । दोस्रो स्टाटसमा भण्डारीले मेयर बालेनलाई श्री ८ को संज्ञा दिएका छन् ।

साहले थप आक्रामक हुँदै जवाफ दिएका छन् । उनले निर्देशक भण्डारीलाई माद-क प-दार्थ सेवन गरेर स्टाटस लेखेको आ-रोप समेत लगाएका छन् ।

साहले भण्डारीलाई प्रतिप्रश्न गर्दै लेखेका छन्, ‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिराखेको मान्छेलाई दारु खाएर रातिराति दु:ख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ? 

उनीहरु यतिमै रोकिएका छैनन् । भण्डारीले आफू काठमाडौं महानगरपालिका वडा ३२ मै मतदाता भएको भन्दै बालेनलाई सम्झाए : बालेन शाह म तपाईंकै केटीएम ३२ नम्बर वडा को भोटर हुँ। त्यहाँ तपाईंले पाएको मत अन्तर याद आयो होला नि।

अहिले यी दुईजना बिच मध्यरातमा भएको सवालजवाफको सामाजिक संजालमा चर्चा भइरहेको छ। अधिकांशले बालेन प्रश्नबाट भाग्न खोजेको र तल्लोस्तरको जवाफ दिन उत्रिएको भन्दै आलोचना गरेका छन्। केहीले भने बालेनलाई काम गर्न दिनुपर्ने भन्दै बचाउ गरिरहेका छन्।