अभिनेता सुशान्त मृत्यु प्रकरण: जो व्यक्ति मृत्युसँग डराउँथ्यो, त्यो व्यक्तिले कसरी आत्महत्या गर्नसक्छ

अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अढाई वर्ष भइसकेको छ । यद्यपि आज पनि उनका फ्यान सुशान्तलाई सम्झिएर भावुक हुन्छन् । आज शनिवार अर्थात २१ जनवरीमा सुशान्तको ३७ औं जन्मजयन्ती मनाइँदैछ । उनको जन्म २१ फेब्रुअरी १९८६ मा पटनामा भएको थियो ।

सुशान्तले कमै उमेरमा ठूलो सफलता प्राप्त गरेका थिए । उनी जति बौद्धिक थिए, उती नै खुला हृदयका थिए । तर उनी मृत्युसँग सधैं डराउँथे । सुशान्तले व्यापार विश्लेषक कोमल नाहटालाई एक अन्तरवार्ता दिएका थिए । अन्तरवार्तामा कोमलले सुशान्तलाई सबैभन्दा कुन कुरामा डर लाग्छ भनी सोधेका थिए ।

‘मलाई मृत्युसँग सबैभन्दा बढी डर लाग्छ । म यदि तीन घण्टाका लागि सुतेको छु भने मलाई थाहा नै हुँदैन कि म को हुँ र मेरो आसपास के चलिरहेको छ । यस्तो मृत्युमा पनि हुन्छ कि व्यत्तिलाई थाहा हुँदैन कि के चलिरहेको छ । यो निकै डरलाग्दो हुन्छ’, सुशान्तले भनेका थिए ।

१४ जुन सन् २०२० मा अभिनेता सुशान्त मुम्बईको आफ्नो बान्द्रावाला फ्ल्याटमा मृत भेटिएका थिए । कतिपयले उनको मृत्युलाई आत्महत्या भने पनि परिवारले भने हत्याको संज्ञा दिएको थियो । त्यसपछि प्रहरी र सीआईबीले अनुसन्धान गरेको थियो । यद्यपि अहिले पनि जो व्यक्ति मृत्युसँग डराउँथ्यो, त्यो व्यक्तिले कसरी आत्महत्या गर्नसक्छ भनेर चर्चा गरिरहन्छन् ।