फिल्म जाँचपासमा ढिलाई भए मुभी कोड उपलब्ध गराउन मन्त्रालयको निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई फिल्म जाँचपासमा ढिलाई भए मुभी कोड उपलब्ध गराउन मन्त्रालयको निर्देशन दिएको छ ।
स्वदेशी तथा विदेशी फिल्म जाँच (सेन्सर) का लागि बोर्डले तीन दिन अगावै कागजात मिलाउनु पर्ने नियमका कारण अग्रिम बुकिङ्ग खुल्ला गर्न समस्या भएमा शर्त मुभी कोड उपलब्ध गराउन मन्त्रालयले बोर्ड अन्तर्गत रहेको बक्सअफिस शाखालाई निर्देशन दिएको हो।
फिल्म जाँचपासमा ढिलाई नगर्न र ढिला हुने भएमा शर्त पालना गर्ने प्रतिबद्धता गराई अग्रिम बुकिङ्गको लागि मुभी कोड उपलब्ध गराउन बोर्डलाई निर्देशन दिएको छ।
मन्त्रालयले आज बोर्डलाई पत्रचार गर्दै उक्त निर्देशन दिएपछि अब हल संचालकले सेन्सर अगावै मुभी कोड लिएर बुकिङ्ग खुल्ला गर्न पाउनेछन्।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव
_Z8LKx7RWAr_iskxc8mkegtwckrfzwnjhamir6okcymaav3yfbc0ja6xrqp1aleqyljo1idy.jpg)
बोर्डले विवादास्पद कम्पनीसँग मिलेर गर्न लागेको फेस्टिभल ‘महापुरुष’ले बहिष्कार …

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

प्रतिक्रिया