अनमोलले छाडे ‘एक्स नाइन’

नायक अनमोल केसीले ‘एक्स नाइन: लेभल वान’ नगर्ने भएका छन् ।
मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको एक्सन थ्रिलर फिल्म एक्स नाइन’ एक वर्ष पहिले नै बन्नु पर्ने थियो । एक्स नाइनमा अनमोललाई मुख्य कलाकारको रूपमा प्रवेश गराइएको थियो । यो फिल्मकालागि अनमोलले एक वर्षको समय सिमा दिर्दै कडा मेहनतका साथ बडी समेत बनाएका थिए । तर अहिले सम्म पनि फिल्म छायाकंनमा नगएपछि अनमोलले साइनिङ रकम समेत फिर्ता गर्दै अब नखेल्ने निर्णय गरेका छन् । उनले फिल्मकालागि दिएको समय सीमा समाप्त भएपछि सो रकम फिर्ता दिँदै अब नखेल्ने निर्णय गरेका हुन् ।
यस फिल्मको हिरोमा अनमोललाई लिएपछि निकै चर्चाको विषय पनि बनेको थियो । निर्देशक भट्टले गत पुसबाट छायाकंन गर्ने गरी अनमोल सँगै थुप्रै कलाकारहरूलाई साइन गराएका थिए । फिल्ममा अभिनेता सौगात मल्ल, पुष्प खड्का, निश्चत बस्नेत, राज कटुवाल लगायतका कलाकारलाई निर्देशकले अनुबन्धित गराए । यसै फिल्ममा मुख्य नायिकाकालागि भनेर मोडल नीति साहलाई समेत साइन गराइएको थियो । नीतिले अनमोलसँग फिल्ममा देखिने चाहाना सुनाइरहेका बेला ‘एक्स नाइन’मा अनुबन्धित भएकी थिइन्। तर फिल्मको चर्चा कलाकार अनुबन्धित मात्रै भयो छायाकंन भने भएन ।
गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको छायाकंन क्यानडा, युरोप र नेपालमा हुने समेत बताइएको थियो। ठूलै हल्लाका साथ निर्माण हुने भनिएको यो फिल्मबाट अनमोलले हात झिकेपछि छायांकनमा अझैं अन्योल बनेको छ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव
_Z8LKx7RWAr_iskxc8mkegtwckrfzwnjhamir6okcymaav3yfbc0ja6xrqp1aleqyljo1idy.jpg)
बोर्डले विवादास्पद कम्पनीसँग मिलेर गर्न लागेको फेस्टिभल ‘महापुरुष’ले बहिष्कार …

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

प्रतिक्रिया