प्रमोद खरेलको एउटा गीत– उता सिक्किममा दर्शक झुमायो, यता सदनमा गुञ्जियो
म बाँचेकै तिमीसँग माया लाउन हो
मर्ने पनि अर्को जुनी तिम्लाई पाउन हो
म बाँचेकै तिमीसँग माया लाउन हो
मर्ने पनि अर्को जुनी तिमीलाई पाउन हो
ज्योतिषीले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन
माया गर्ने मुटुले हो, निधारले होइन
गायक प्रमोद खरेलको आवाजमा रहेको यो गीत आज दुई सन्दर्भसँग जोडिएको छ । एउटा कारण हो सिक्किमको जोरथाङमा प्रमोदले आफ्नो ब्यान्डसहित सिक्किम सरकारको निम्तोमा आयोजित जोरथाङ माघी फेस्टिभलुमा गाँउदा गुन्जिएको माहोल र सभामुख चयनका लागि बिहीबार भएको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले सम्बोधन गर्दै बोल्दा सदनमा सम्झाएको सन्दर्भ ।
गायक प्रमोदले जोरथङमा उर्लिएको भीडका माझ कन्सर्ट गर्दै माथि उल्लेखित गीत गाएका थिए । जसमा हजारौं दर्शकको संख्या थियो । यता, सांसद भट्टराईले गायक खरेलको ’माया गर्ने मुटुले हो निधारले हैन’ गीत सम्झँदैँ सदनमा एउटा घटना क्रम सम्झाए ।
सांसद भट्टराईले नेपाली काँग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताउदै उनले वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भएपनि काँग्रेसकै कारण सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुन नसकेको बताए ।
उनले काँग्रेस इतिहासमा हेर्ने हो भनेपनि सबैभन्दा लाभ लिने र अरुलाई हस्तान्तरण नगर्ने दलको रुपमा रहेको काँग्रेस नै अगाडि रहेको दाबी गरे ।
उनले गायक प्रमोद खरेलको माया गर्ने मुटुले हो निधारले हैन. भन्ने गीतको आसय व्याख्या गर्दै भने ‘ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँग्रेस लगायत विश्वासको मत दिने सबै दलहरुले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर सभामुखमा निर्वाचित गर्नु पर्र्छ । हैन भने यो निधारले मात्र माया गरे जस्तो भयो ।’
कुनै समय पुष्पकमल दाहालले ‘कि लाउ माया मतिर कि लाउ उतिर’ भन्दै अभिनेत्री रेखा थापासँग नाचेर लोकगीतकै भाउ बढाएका थिए । आज योगेश भट्टराईले प्रमोद खरेलको गीत सम्झना गरे । तर राजनीतिक स्वार्थका लागि गीत सम्झने क्रममा नेताहरु अगाडि रहे पनि देशको कला संगीतलाई व्यवस्थित र समृद्ध पार्न तदारुकता लिएको पाइन्न । अहिलेलाई कमसेकम गीतको सम्झना त गरे भनेर खुसी हुने त होला नी ।
प्रतिक्रिया