नेफ्टा आयोजकले बितरण गरे बृद्ध तथा अशक्तहरुलाई व्याङकेट

नेफ्टा फिल्म अवार्ड अमेरिका आयोजक समिती बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ का बृद्ध तथा अशक्तहरुलाई व्याङकेट वितरण गरिएको छ ।

युएस खबर, फेम नेपाल, चलचित्र प्राविधिक संघ, नेफ्टा अवार्ड आयोजक टिम ३०, अमर फाउण्डेसन, एचडिएनपिको सयुक्त सहकार्यमा ७० जना बृद्ध, तथा अशक्तहरुलाई व्याङकेट वितरण गरिएको हो । युएस खबरका सम्पादक तथा बढैयाताल निवासी हाल अमेरिका बस्ने ओम आचार्यको विषेश पहलमा उक्त व्याङकेट वितरण थियो ।

हरेक वर्ष जसो पालिकाका जेष्ठ नागरिक तथा अशक्तहरुलाई आचार्यले चिसोबाट जोगाउन न्यानो कपडा वितरण गर्दै आएकोमा यस वर्ष पनि नेफ्टा फिल्म अवार्ड अमेरिका आयोजक समिती सहित अमेरिकामा कृयासिल सामाजिक संघसंस्थाको पहलमा उक्त कार्यलाई निरन्तरता दिएका हुन । स्थानिय समाजसेवी लक्ष्मण आचार्यको सभापतित्वमा व्याङकेट वितरण कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तुलाराम चौधरीले वडासंग बजेट हुदाँपनि वितरण गर्न नसकिएको अवस्थामा स्थानिय युवाले अमेरिकामा बसेर गरेको पहलबाट स्थानियलाई व्याङकेट वितरण गर्न पाइएकोमा खुसी व्यक्त गरे ।

व्याङकेट वितरण कार्यक्रममा समाजसेवि भगत नेपालीले नेपाली युवाहरुले आफ्नो देशलाई जहाँ गएपनि विर्सन नहुने बताए । उनले स्थानिय सरकारले विदेशमा रहेका युवाहरुलाई स्वदेशमै केहि गर्न सकिने खाल्को कार्यक्रम ल्याउनपर्नेमा जोड दिए । कार्यक्रममा फेम नेपालका निर्देशक विमल पछाईले बृद्ध तथा अशक्तहरुलाई व्याङकेट दिन अवसर प्रदान गरिएकोमा आभार व्यक्त गरे । निर्देशक पछाईले आगामि दिनमा पनि ग्रामिण समुदायको जिवनस्तर उकास्न सहकार्य गर्ने प्रतिवद्धता जनाए । युएस खबरका सम्पादक ओम आचार्यले आफ्नो जन्मभुमिलाई कहि गएर पनि भुल्न नसकिने बताए । सम्पादक आचार्यले अमेरिकामा रहेका धेरै सस्थाहरु न्ेपालमा लगानि गर्न इच्छुक रहेको बताउर्दै आगामि दिनमा थप कार्यक्रमहरु संचालन गर्न पहल गर्ने बताए । आचार्यले समाजमा विकास तथा सहयोग गर्न आफु कहिल्यै पछि नहट्ने प्रतिबद्धता जनाए ।

व्याङकेट वितरण कार्यक्रममा वडा नम्बर ५ का पुर्व वडाध्यक्ष राम सिंह थारु, श्री सरस्वती मावि बढैयाताल जगतियाका प्रध्यानाध्यापक दिर्घ नारायण त्रिपाठि, स्थानिय समाजसेवी राम कुमार विक, स्थानिय तथा पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।