मोडर्न मास्टर्समा एसएस राजामौली
अप्लोज इन्टरटेनमेन्ट र फिल्म क्याम्पियनले एक विशिष्ट डकु–सिरिज मोडर्न मास्टर्सको घोषणा गरेको छ । यो सिरिज भारतीय सिनेमाको पथ प्रदर्शक मास्टर्सको जीवनमा आधारित हुनेछ । यसमा उनीहरूको तरिका, प्रेरणा र रचनात्मक यात्राको खोजी गरिनेछ ।
सिरिजको सुरुवात भारतीय फिल्मका उत्कृष्ट निर्माता तथा निर्देशक एसएस राजामौलीबाट हुनेछ । जो होस्ट अनुपमा चोपडाका साथ कुराकानी गर्नेछन् ।
राजामौलीको फिल्मीयात्रा आफैंमा विशेष छ । टेलिभिजनबाट शुभारम्भ भएको उनको करियर एपिक ‘बाहुबली’ फ्रेञ्चाइजी र ‘आरआरआर’का साथ ग्लोबल सफलता देखिसकेको छ । यो सिरिजले स्पेसल सेटदेखि लिएर अफिस, घर र यो यात्राको दौरान उनको गतिशील र विविध महिमालाई क्याप्चर गर्नेछ ।
यो सिरिजमा उद्योगका केही ठूला नामको पनि अन्तर्वार्ता छ, जसले राजामौलीको सफलतामा योगदान दिएका थिए । जसमा अभिनेता र निर्मातासम्म छन् । रिलिजका लागि तयार सिरिज चार महिनामा हैदराबाद, टोकियो, लसएञ्जल्सजस्ता स्थानमा छायांकन गरिएको थियो ।
प्रतिक्रिया