जेलमा पल, काठमाडौंमा घोषणा भयो ‘ओ सजन’


नायक पल शाह विगत ११ महिनादेखि कारागारमा छन् । एक नाबालिका गायिकालाई बलात्कार गरेको आरोपमा उनी तनहुँ कारागारमा छन् । 

तर, पललाई लिएर फिल्म बनाउने भन्दै उनी नजिककी साथी कविता रायले भने फिल्मको घोषणा गरेकी छिन् । पल र कविताको मुख्य भूमिका रहने भनिएको फिल्मको नाम ‘ओ सजन’ राखिएको छ । यो फिल्म विकास बोर्डमा दर्ता गरिएको छ । 

फिल्मका लागि पलले कानुनी झमेलामा पर्नु अगाडि नै संझौता गरेका थिए । फिल्मलाई कविता रायले निर्माण गर्नेछिन् भने शिवम अधिकारीले निर्देशन गर्दैछन् । 

शिवमले पल जेलबाट बाहिरिएपछि ‘ओ साजन’ खेल्ने दाबी गरे । पल, जेलबाट कहिले निस्केलान् भनेर तपाइहरुले फिल्मको घोषणा गर्नुभएको हो भन्ने प्रश्नमा शिवमले भने–‘हामीले साढे २ बर्षकै हिसाब गरेर फिल्मको तयारी गरेका हौं । अहिले कथामा काम भैरहेको छ ।’