आक्रामक ओपनिङका लागि कुन फिल्म पर्खिने ?


मंसिर र पुषमा रिलिज भएका कुनै पनि फिल्मले पहिलो दिन आक्रामक ओपनिङ गर्न नसकेपछि अब, नेपाली फिल्मका लागि पहिलो दिनमै दर्शक उत्साहित हुने दिन कहिले आउला भन्ने खोजी सुरु भएको छ । 

मंसिर र पुष महिनामा रिलिज भएका सबै फिल्मले बक्स अफिसमा आक्रामक ओपनिङ गर्न सकेनन् । 

पौष महिनामा नायक आर्यन सिग्देलदेखि साम्राज्ञी राज्यलक्ष्मी शाह हुँदै प्रियंका कार्कीसम्मका कलाकारको फिल्म रिलिज भयो । 

तर, यी सबै फिल्मले आक्रामक ओपनिङ गर्न सकेनन् । आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’, प्रियंका कार्की र ऋचा शर्माको ‘चि मुसी चि’, साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘तिम्रो मेरो साथ’ले आक्रामक ओपनिङ व्यापार गर्न सकेनन् । 

यसैले, अब कुन नेपाली फिल्मले आक्रामक व्यापार गर्ला र हलमा दर्शक फर्काउला भन्ने प्रतिक्षा भएको छ ।  दर्शकको नजरमा ‘ह्यारी कि प्यारी, फूलबारी, छड्के २, छक्का पन्जा ४’ जस्ता फिल्म छन्, जसलाई दर्शकले मन पराउने अपेक्षा गर्न सकिन्छ । 

तर, अपेक्षा गरिएका अधिकांश फिल्मले दम तोडेको अवस्थामा अब यही फिल्म चल्छ भनेर आँकलन गर्न पनि गाह्रो छ ।