३ बर्षपछि पर्दामा देखिएकी साम्राज्ञीको फिल्मको ओपनिङ कस्तो छ ?


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ आजबाट हलमा रिलिज भयो । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको यो फिल्म साम्राज्ञीका लागि विशेष छ ।

किनकी, फिल्म ‘रातो टिका निधारमा’ रिलिज भएपछि साम्राज्ञीको नयाँ फिल्म रिलिज भएको थिएन । केही दिन अगाडिको अन्तरवार्तामा पनि वितरक सुनिल मानन्धरले साम्राज्ञीले मात्र बक्स अफिसमा दर्शक तान्न सक्ने खुबी राख्ने बताएका थिए । 

उसो भए, आजबाट रिलिज भएको फिल्मको ओपनिङ कस्तो छ त ?

फिल्मको ओपनिङ व्यापार अपेक्षित छैन । साम्राज्ञीको नाममा फिल्मले इनिसियल दर्शक तान्न सकेन । साम्राज्ञीको स्टारडमले काम गरेको देखिदैन । किनकी, बिहानैबाट फिल्म हलमा दर्शकको उपस्थिती न्यून छ । बुकिङमा पनि बलियो स्टार भएको फिल्म कमजोर देखिएको छ । अब, यो फिल्म चल्नका लागि वर्ड अफ माउथले काम गर्नुपर्ने हुन्छ । 

पुष्प खड्का र सन्दीप क्षेत्रीको समेत मुख्य भूमिका रहेको यो फिल्मले प्रेम कथालाई भनेको छ । यो फिल्मको समीक्षा हामी आइतबार प्रकाशन गर्नेछौं ।