रचना र भीमको 'दिलराजा'मा गरिमा र सुधिर
गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको 'दिलराजा' बोलको गीतको भिडियो रिलिज गरिएकाे छ ।
सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको छ । काठमाडौंको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्वय गरिमा शर्मा र सुधिर श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएको छ । गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुब्रत आचार्य अतिथि कलाकारको रुपमा छन् ।
शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । जसको निर्माण दिपखुशी लामाले गरेकी हुन् । भिडियो निर्मात्री लामाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

राजेश घिमिरेको ‘तिम्रो निम्ति’ सार्वजनिक
‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक सार्वजनिक

उषासँग राजुको ‘घर नभाको मान्छे’

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

प्रतिक्रिया