नितीले अभिनय सिक्ने, तर फिल्म सुरु हुने कहिले ?

मोडलबाट नायिका बन्न लागेकी निती शाहले चाँडै नै अभिनयको क्लास लिने बताएकी छिन् । उनले, एक शोजमा आफू चाँडै नै अभिनयको क्लासमा जोडिने तयारीमा रहेको बताइन् । 
निती मोडलिङमा चर्चामा छिन् । उनी, प्रेम चर्चाका कारण पनि खबरमा रहन्छिन् । 

तर, अब भने उनी पूर्ण रुपमा फिल्ममा केन्द्रित हुने तयारीमा छिन् । यसका लागि उनले अभिनयको क्लास लिन लागेकी हुन् । 

तर, नितीले २ वटा फिल्म साइन गरे पनि दुवै फिल्मको अत्तोपत्तो छैन । किनकी, उनले सन्तोष सेनले बनाउन लागेको फिल्म ‘हुतुतु’ र मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’ साइन गरेकी छिन् । तर, यी दुवै फिल्मको काम सुरु हुने कहिले हो पक्का छैन । निती भने आफूलाई फिल्मका लागि तयारी अवस्थामा राख्ने सोचमा छिन् । 

कुनै समय फिल्ममा काम नै गर्दिन भनेर मोडलिङमा व्यस्त बनेकी नीति अन्ततः फिल्ममै करिअर खोजिरहेकी छिन् ।