नेपाल आइपुगिन् मलाइका, भन्छिन्–‘एकदमै खुशी छु’
बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोरा नेपाल आइ पुगेकी छिन् । उनी, आज बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएकी थिइन् । लगतै, उनलाई आयोजकले काठमाडौंको दरबारमार्गमा रहेको याक एन्ड यति होटलमा लगेको थियो । यही होटलमा आज मलाइका एक फेसन शोमा सहभागी हुनेछिन् ।
नेपाल रत्न तथा आभूषण संघले आयोजन गर्न लागेको फेसन शोमा उनी नेपाल आएकी हुन् । उनी, आज बेलुकी शो स्टपरको रुपमा फेसन शोमा सहभागी हुनेछिन् । मलाइकाले नेपाल आउन पाउँदा निकै खुशी भएको बताइन् । यसपटक, उनको नेपाल बसाई लामो भने हुनेछैन । तर, नेपालमा रहँदा यहाँको संस्कृति, कला, फिल्मको बारेमा बुझ्ने उनको भनाई छ ।
मलाइका यस अगाडि पनि नेपाल आएकी थिइन् । यसपटक भने उनले नेपाली गरगहना लगाएर स्टेजमा प्रस्तुत हुनेछिन् ।
प्रतिक्रिया