‘गुञ्जन’बाट आशावादी कविर, कलाकारको रुपमा दर्शकले चिन्ने विश्वास


कविर खड्काले नायकको रुपमा ‘लम्फू’ फिल्मबाट करिअर सुरुवात गरेका थिए । तर, यो फिल्मले उनलाई फिल्म क्षेत्रमा कुनै चमत्कार गर्न सकेन । फिल्म असफल भएपछि कविरको करिअर पनि चम्कन सकेन । 

यसपछि, उनले ‘गुञ्जन र लण्डन टू पेरिस’मा काम गरे । उनी अभिनित फिल्म ‘गुञ्जन’ भोली शुक्रबारदेखि देशभरका हलमा रिलिज हुँदैछ । 

यो फिल्मलाई लिएर मेरो फिल्मसँग कुरा गर्दै गर्दा उनी आशावादी सुनिए । भने–‘लम्फूमा मैले नायकको रुपमा डेब्यू गरेको थिएँ । तर, गुञ्जनले मलाई कलाकारको रुपमा दर्शकमाझ परिचित गराउनेछ । यो फिल्ममा मैले नायक र खलनायक दुवै भूमिका निभाएको छु ।’

फिल्ममा सारा सिर्पालीका लागि कविर र अर्का नायक प्रितमराज सेञ्चुरी’को लडाई हेर्न सकिन्छ । अष्ट महर्जन निर्देशित फिल्म बक्स अफिसमा सफल हुनेमा कविर विश्वस्त छन् ।