पब्जीलाई क्रियटिभ नदेखेकी आँचल अहिले बधाई दिदैछिन्

नायिका आँचल शर्मा बोल्न त माहिर नै छिन् । तर, उनले बोलेका कुराहरु प्राय ट्रोलको शिकार बन्छन् । उनको बोलीलाई सामाजिक संजालमा खुबै मजाक बनाइन्छ । केही समय अगाडि आँचलले टिकटक बनाउनुलाई क्रियटिभ देखेकी थिइन् । यतिसम्म कि, उनले केटाहरुले पब्जी खेलेर कुनै क्रियटिभ काम नगरेको, औंला चलाउनु त हो नी भन्दै मजाक बनाएकी थिइन् ।

आँचलले यी कुरा गर्दा उनी ट्रोलको शिकार भइन् । उनै, आँचलले सोमबार सामाजिक संजालमा पब्जीमा दोश्रो स्थान हासिल गरेको नेपाली टिमलाई बधाई दिदै गौरबको महशुश भएको उल्लेख गरेकी छिन् ।

पब्जीको विश्व च्याम्पियन खेलमा नेपालको डीएसआर टिमले दोश्रो स्थान हासिल गर्यो । आँचलले टिमलाई बधाई दिएपछि सामाजिक संजालमा यसले पनि चर्चा पाएको छ ।

आँचलले अब त वुझिन् होला, पब्जी खेल औंला मात्र चलाउने खेल होइन रहेछ ।